Skip to main content

Posts

Showing posts from November, 2023

Sigmo Khabar

  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण" हाम्रो द्रुत रूपमा परिवर्तन भएको संसारमा, दया, समझ, र सकारात्मक परिवर्तनलाई मूल्यवान गर्ने समाज निर्माणको लागि चेतना एक प्रमुख घटक भएको छ। राम्रो जागरूकताले हामीलाई र हाम्रो विश्वव्यापी समुदायलाई असर गर्ने मुद्दाहरूको बारेमा सचेत हुनु समावेश गर्दछ, र यसले व्यक्तिहरूलाई सामाजिक, वातावरणीय र सांस्कृतिक कारणहरूमा अर्थपूर्ण रूपमा योगदान गर्न सशक्त बनाउँछ। राम्रो चेतनाको खेती किन महत्त्वपूर्ण छ र यसले कसरी सकारात्मक परिवर्तनलाई बढावा दिन सक्छ भनी अन्वेषण गरौं। राम्रो जागरूकता बुझ्न: 1. सामाजिक मुद्दाहरू: राम्रो जागरूकता व्यक्ति र समुदायलाई असर गर्ने सामाजिक समस्याहरू बुझेर सुरु हुन्छ। यसमा असमानता, भेदभाव र अन्यायको अस्तित्वलाई स्वीकार गर्नु समावेश छ। यी मुद्दाहरूको बारेमा सचेत भएर, व्यक्तिहरू परिवर्तनका पक्षधर बन्न सक्छन्, निष्पक्ष र अधिक न्यायपूर्ण समाजतर्फ काम गर्न सक्छन्। 2. वातावरणीय चेतना: चेतनाले वातावरणलाई समावेश गर्न मानव-केन्द्रित मुद्दाहरू बाहिर विस्तार गर्दछ। राम्रो जागरूकताले ग्रहमा मानव गतिविधिहरूको प्रभावलाई पहिचान

आइसिसी एकदिवसीय विश्वकप २०२३ को उपाधी अस्ट्रेलियालाइ

  भारतीय  घरेलु दर्शकलाई स्तब्ध पार्दै घरेलु मैदानमा नै भारतलाई हराएर अस्ट्रेलिया आइसिसी एकदिवसीय विश्वकप  २०२३ को  विश्व  च्याम्पियन बनेको छ । यो  अस्ट्रेलिया   लागि यो छैटौं  उपाधि समेत हो । भारतले २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । भारतले विराट कोहली र केएल राहुलको अर्धशतक मद्दतमा २४० रन जोेडेको थियो । रोहितको नेतृत्वमा भारतले राम्रो थालनी गरे पनि ठूलो स्कोर कायम गर्न चुक्दा हारको सामना गर्नुपरेको हो । निकै लयमा देखिएको भारतीय टिमलाइ उसकै मैदानमा फाइनल खेलमा हराएर  अस्ट्रेलियाले लिग चरणमा हारेको हारको समेत बदला लिएको छ ।  आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो । जसमा ट्राभिस हेडको १३७ रन अस्ट्रेलियाको जितका लागि महत्वपूर्ण बन्यो ।भारतको लागि भने तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा