- Get link
- X
- Other Apps
Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो। अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो। अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनी...
Comments
Post a Comment