Skip to main content

Sigmo Khabar

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु





नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु





राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि हो प्लस टु । 

प्रविणता प्रमाणपत्र तह अर्थात् पीसीएललाई विस्थापित गर्दै स्थापित भएको प्लस टु एजुकेसनको चरणमा प्रवेश गर्न अझै पनि ‘फलामे ढोका’ अर्थात् एसईई पार गर्नैपर्छ । कक्षा १२ सम्मको अध्ययन विद्यालय तहको शिक्षा भनिएपनि व्यवहारिक रुपमा हेर्दा फलामे ढोकाको भय अझै पनि कायमै राखिएको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब २ सय विषयमा अध्यापन हुने गरेको छ । 




एसईई पश्चात कुन शैक्षिक संस्था र कुन संकाय वा विषय रोज्ने भनेर विद्यार्थी र अभिभावकमा द्विविधा र चिन्ता अहिले पनि हुने गरेको छ । एसईई उत्तिर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । मुलुकभर रहेका प्लस टु शिक्षा प्रदायक शैक्षिक संस्थामध्ये कुन उत्कृष्ट हो ? कस्तो विषय रोज्ने ?  कहाँ पढ्ने ? भन्ने कन्फ्युजनले उनीहरुलाई निर्णय लिन गाह्रो बनाइरहेको हुन्छ ।

घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि हो प्लस टु । 

पछिल्लो समयमा निजी मात्र होइन् सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।

अबको शैक्षिक यात्रा कस्तो होला ? यो प्रश्नसँगै आउने मनोवैज्ञानिक दबाबले अक्सर सबै विद्यार्थीको मस्तिष्कमा स्थान बनाएको हुन्छ । यसमा धेरै चिन्ता लिन पर्दैन्, जुन संकाय वा विषय वा जुनसुकै शैक्षिक संस्था छनौट गरे पनि विद्यार्थीले लगनशिल भएर मेहनत गर्दा उसले आफ्नो लक्ष्य हासिल गर्ने पक्का छ । अरु धेरै कुरा व्यवहारिक जीवनमै मानिसले सिक्न सक्छ । पछिल्लो समयमा आफू अध्ययन गरेकै विद्यालयबाट पनि कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने ट्रेन्ड सुरु भएको छ । यो पनि सकारात्मक पक्ष नै हो । 

निजी क्षेत्रका शैक्षिक संस्थाले अत्याधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराउने भएकाले आर्थिक स्थिति बलियो हुनेले ति संस्थामा अध्ययन गर्दा राम्रै हुन्छ । खासगरी क्षमतावान् फ्याकल्टी भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ । 

राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ । 

जसमध्ये प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका प्लस टुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा विगतमा विद्यार्थीको रोजाइमा परेका प्लस टु पनि यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका प्लस टु पनि अटाएका छन् । पछिल्लो समयमा भौतिक संरचनामा बृहत् लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ। 

पछिल्लो समयमा निजी मात्र होइन सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो प्लस टु बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा राम्रा प्लस टु छनौट गरिएको हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।

कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले -याङ्किङमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् ।

निजी क्षेत्रका शैक्षिक संस्थाले अत्याधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराउने भएकाले आर्थिक स्थिति बलियो हुनेले ति संस्थामा अध्ययन गर्दा राम्रै हुन्छ । खास गरि क्षमतावान फ्याकल्टी भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ ।

हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।

छनौटको आधार
उत्कृष्ट ‘प्लस टु’ अन्तर्गत हामीले काठमाडौंसहित देशभरका प्लस टुलाई समेट्ने प्रयास गरेका छौं । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यी नै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन प्लस टु संचालन गर्ने शैक्षिक संस्थालाई यो सामाग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै-उस्तै  शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई  समेट्ने क्रममा २ वटा शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।

उत्कृष्ट प्लसको सूचीमा एकल कार्यक्रम प्लस टुमा मात्र केन्द्रित रहँदै ‘एकल कार्यक्रम एकल व्यवस्थापन’ अन्तर्गत उत्कृष्ट शैक्षिक अध्यापन विधि अंगालेको प्रसादी एकेडेमी  ललितपुर नम्बर एक स्थानमा छ । यस्तै, प्लस टु शिक्षामा उदाहरणीय छवि बनाएको काठमाडौं मोडल (केएमसी) बागबजार/बालकुमारी दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आफ्नो शैक्षिक यात्रालाई अब्बल तुल्याउँदै ट्रिनिटी इन्टरनेसनल कलेजले बाजी मारेको छ भने विद्यार्थीको आकर्षणको केन्द्र बनेको सेन्टजेभियर माइतीघर पनि तेस्रो स्थानमै छ । यस्तै चौथो स्थानमा व्यवस्थापन संकायमा अब्बल कलेज एनसीसीएस पकनाजोल र ग्लोबल कलेज अफ म्यानेजमेन्ट वानेश्वर यसवर्ष पनि कायमै रहे । पाँचौ स्थानमा शैक्षिक परिणाम र विद्यार्थीको शैक्षिक प्लेसमेन्टमा बलियो देखिएका सीसीआरसी कोटेश्वर र पिनाकल एकेडेमी लगनखेलले स्थान लिए । 

करिब ३ दर्जन प्लस टु संचालन गर्ने शैक्षिक संस्थालाई यो सामाग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै उस्तै  शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई  समेट्ने क्रममा २ वटा शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।

छैटौं स्थानमा धेरै विद्यार्थी र उत्कृष्ट शैक्षिक पुर्वाधारसहित परिणाममा पनि प्रमाणित गर्दै जेभियर इन्टरनेसनल कालोपुल र शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल ललितपुरको युनाइटेड एकेडेमी आउन सफल भए । सातौं स्थानमा लिगेसी अफ प्लस टु एजुकेसनको बिंडो थाम्दै काठमाडौं बनहार्ट र लिटल एञ्जल्स हात्तिवन कायम रहे । 

उपत्यका बाहिर अर्थात मोफसलका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल मेरिल्यान्ड विराटनगर र निश्चित संख्यामा विद्यार्थी लिएर आउटस्टान्डिङ पर्फमेन्स गर्दै आएको जेभियर एकेडेमी आठौं स्थानमा पर्न सफल हुँदा नवौं स्थानमा स्मार्ट इको फ्रेन्ड्ली स्मार्ट शैक्षिक संस्थाको परिचय बनाएको किस्ट, शैक्षिक रुपमा अब्बल शिक्षण संस्थाको परिचय बनाएको सेन्ट लरेन्स चावहिल र अत्याधुनिक संरचनामा बनेको स्मार्ट शैक्षिक संस्था काठमाडौं वल्र्ड स्कुल गुन्डु आउन सफल भए । यस्तै, दशौं स्थानमा निरन्तर उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्न सफल रिलायन्स इन्टरनेसनल चावहिल, अरनिको विराटनगर, शिक्षादिप विराटनगर छनौट भए । 

एघारौं स्थानमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा लामो समय देखि परिचित भिएस निकेतन रह्याे । बाह्रौं स्थानमा परिणामका आधारमा निरन्तर सफल शैक्षिक संस्थाहरु सेन्ट मेरिज जावलाखेल र सगरमाथा पोखरा रहे । तेह्रौं स्थानमा निरन्तर लोकप्रिय एवं युवा विद्यार्थीहरु माझ लोकप्रिय नोबल एकेडेमी र ट्रिटन इन्टरनेसनल कलेज तिनकुने ले स्थान लिए । चौधौं स्थानमा अग्रणी शैक्षिक संस्थाहरु नेसनल स्कुल अफ साइन्सेज निस्ट लैनचौर र सैनिक महाविद्यालयको नाम रह्याे । पन्ध्राैँ स्थानमा द टाइम्स इन्टरनेसनल कलेज डिल्लीबजार पर्न सफल भयाे । यस्तै सोह्रौं स्थानमा एसओएस भक्तपुर सत्रौं स्थानमा आइएसटी ज्ञानेश्वर र काष्ठमाण्डप कलंकी रहे । अठारौं स्थानमा समृद्धि स्कुल र ख्वप भक्तपुरले स्थान लिदा उन्नाइसौं स्थानमा ब्रिजवाटर र नेपाल पुलिस स्कुल रहे । यस्तै पोखराको सामुदायिक विद्यालय अमरसिंह माविले बिसौं स्थान लियो । अमरसिंह मावि सामुदायिक माविमध्येमा सर्वोत्कृष्ट रहन सफल रहयो । 

उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा 
भक्तपुरको मोर्डन इंग्लिस स्कुल, एम्बिसन एकेडेमी वानेश्वर, गोल्डेन गेट इन्टरनेसनल पुरानो वानेश्वर, एस मावि नयाँ वानेश्वर, पाठशाला नयाँ वानेश्वर, मुनलाईट बोर्डिङ स्कुल ललितपुर, सिद्धार्थ अंग्रेजी मावि बनेपा, मदरल्यान्ड मावि पोखरा, युनिग्लोब कलेज कमलादी, सगरमाथा मल्टिपल कलेज डिल्लीबजार, गोर्खा इन्टरनेसनल पब्लिक मावि घोराही, एभरेष्ट कलेज थापाथली, टेक्सास कलेज चावहिल, डिएभी सुशिल केडिया विश्व भारती जावलाखेल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, न्यु होराइजन मावि बुटवल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, मोर्गन इन्टरनेसनल कलेज बसुन्धरालगायत छन् । 

१.  प्रसादी एकेडेमी, ललितपुर
२.  केएमसी बागबजार/बालकुमारी
३.  ट्रिनिटी इन्टरनेसनल कलेज डिल्लीबजार

३.  सेन्ट जेभियर्स माइतिघर
४.  एनसिसिएस पकनाजोल

४.  ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर
५.  पिनाकल एकेडेमी लगनखेल

५. सिसिआरसी कोटेश्वर
६. जेभियर इन्टरनेसनल कालोपुल

६.  युनाइटेड एकेडेमी ललितपुर
७.  काठमाडौं बर्नहार्ट बल्खु

७. लिटल एन्जल्स हात्तीवन
८.  मेरिल्यान्ड विराटनगर

८. जेभियर एकेडेमी लाजिम्पाट
९.  सेन्ट लरेन्स चावहिल

९. किस्ट कलेज कमलपोखरी

९.  काठमाडौं वर्ल्ड स्कुल
१०. रिलायन्स इन्टरनेसनल

१०. अरनिको विराटनगर

१०. शिक्षादीप विराटनगर
११. भिएस निकेतन 
१२. सेन्ट मेरिज ललितपुर

१२. सगरमाथा पोखरा
१३. नोबल एकेडेमी

१३. ट्रिटन इन्टरनेसनल तिनकुने 
१४. निस्ट लैनचौर

१४. सैनिक महाविद्यालय
१५. द टाइम्स स्कुल डिल्लीबजार
१६. एसओएस भक्तपुर
१७. आइएसटी ज्ञानेश्वर

१७. नेपाल काष्ठमण्डप कलंकी
१८. समृद्धि स्कुल

१८. ख्वप उमावि भक्तपुर
१९. ब्रिजवाटर कलेज

१९. नेपाल पुलिस कलेज
२०. अमर सिंह पोखरा

१. प्रसादी एकेडेमी, ललितपुर 

ललितपुरमा रहेको प्रसादी एकेडेमीले प्लस टूको शिक्षामा आफुलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको छ । पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । 

‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ को अवधारणा अवलम्बन गरेको प्रसादीले शैक्षिक उपलब्धिलाई बलियो बनाउने उद्धेश्यसहित सहभागीतामूलक कार्यक्रमलाई सधैं प्राथमिकतामा राखेको छ । यसले विद्यार्थीको सिकाई क्षमतामा वृद्धि गर्नेमात्र नभई सफल भविष्यको आधारस्तब्भ समेत बन्नेमा प्रसादी ढुक्क देखिन्छ । 

पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । 

प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ । नेशनल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल प्रसादी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण विद्यार्थी र अभिभावकमाझ लोकप्रिय छ । अध्ययनमैत्री वातावरण भएको प्रसादीबाट पासआउट भएका विद्यार्थी कुनै पनि चुनौतीको सामना गर्नसक्ने क्षमताका हुन्छन् । यतिमात्रै हैन अन्तर्राष्ट्रियस्तरमा समेत उनीहरुको उपस्थिति अब्बल मानिएको छ ।

२. काठमाडौं मोडल (केएमसी), बागबजार

परिणाममुखी र व्यवहारिक शिक्षा दिने पृथक कलेज हो बागबजारमा रहेको काठमाडौं मोडल कलेज केएमसी । आवश्यक सम्पूर्ण पूर्वाधारसहित शान्त र शैक्षिक वातावारण रहेको केएमसीले आफ्नो यात्राको २३ वर्ष पूरा गरेको छ । विद्यार्थीलाई नतिजामुखी एवम् जीवनपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । 

विद्यार्थीलाई नतिजामुखी एवम् जीवनपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । 

आई.एस.ओ ९००१ः२०१५ मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसंगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । 

विद्यार्थीलाई नतिजामुखी एवम् जीवनपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । 

 

२. काठमाडौं मोडल कलेज (केएमसी), बालकुमारी

स्थापनाको दुई दशक बढिको अनुभव संगालेको शैक्षिक संस्था हो, काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी) बालकुमारी । व्यवसायिक शिक्षामा समर्पित अध्यापकद्वारा स्थापित यो शैक्षिक केएमसीमा प्लस टुदेखि स्नात्तोकत्तर तहसम्म अध्यापन हुँदै आएको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हरेक खुड्किलामा सहजीकरण गर्ने केएमसीमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ ।

केएमसीमा मल्टिमिडिया सहितको क्लासरुम, कम्प्युटर ल्याब, साइन्स ल्याब, मोडर्न क्लास रुम, खेल मैदान, श्रोतयुक्त लाइबेरी, छात्रावास, अत्याधुनिक भौतिक संरचनालगायत सुविधा छन् ।

परिणाममुखी नतिजा दिँदै आएको केएमसीले हरेक वर्ष राष्ट्रिय परिक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयका परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल छ । विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाउन केएमसीले विश्वका प्रख्यात विश्वविद्यालयसंग सहकार्य समेत गरेको छ । केएमसीमा मल्टिमिडिया सहितको क्लासरुम, कम्प्युटर ल्याब, साइन्स ल्याब, मोडर्न क्लास रुम, खेल मैदान, श्रोतयुक्त लाइबेरी, छात्रावास, अत्याधुनिक भौतिक संरचनालगायत सुविधा छन् । कलेजले पाठ्यक्रमलाई आवश्यक हुने (सीसीए) तर्फ प्रयोगात्मक विधि, लिडरसिप ट्रेनिङ म्यानेजमेन्ट एण्ड ल, मुट कोर्ट प्रतियोगिता, फिल्ड भिजिट, शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

विविध शैक्षिक गतिविधि समेट्दै केएमसी विद्यार्थी तथा अभिभावकका लागि पहिलो रोजाईंको कलेज बन्न सफल छ ।

३. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार

काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज प्लस टु र ए लेभलका लागि नेपालभर चर्चित कलेज हो ।

शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल ट्रिनिटीले विद्यार्थीहरूको बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ। शैक्षिकमैत्री वातावरण, अत्याधुनिक पूर्वाधार भएको ट्रिनिटीले विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर आफ्नो एकेडेमिक कोर्स परिमार्जन गर्दै ल्याएको छ । ‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धति अंगालेको ट्रिनिटी इन्टरनेसनल कलेजमा प्लस टु र ए लेभल अन्तर्गत विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा अध्यापन हुन्छ ।

शैक्षिकमैत्री वातावरण, अत्याधुनिक पूर्वाधार भएको ट्रिनिटीले विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर आफ्नो एकेडेमिक कोर्स परिमार्जन गर्दै ल्याएको छ ।

सन् २००८ मा स्थापना भएको ट्रिनिटी  ‘भविष्यका लागि शिक्षा’ भन्ने उद्धेश्यका साथ अघि बढेको कलेज हो । ट्रिनिटीबाट उत्तिर्ण भएका विद्यार्थीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा सफल व्यक्तिका रुपमा स्थापित भएका प्रसस्तै उदाहरणले पनि यसको अध्यापन उचाई मापनमा सहज बनेको छ। 

३. सेन्ट जेभियर्स, माइतीघर

नेपालको शैक्षिक इतिहासमा ७२ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो सेन्ट जेभियर्स । जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली अपनाएको यो कलेजमा सौहार्दपूर्ण वातावरणमा पढाईं हुँदै आएको छ ।

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ।

शिक्षक विद्यार्थीबीचको सुमधुर सम्बन्धले पनि यो कलेज सबै अभिभावकमाझ प्रिय छ । कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । शिक्षक विद्यार्थीबीचको सुमधुर सम्बन्धले पनि यो कलेज सबै अभिभावकमाझ प्रिय छ । कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । 

गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ। अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ।  

४. एनसीसीएस, पकनाजोल

काठमाडौंको पकनाजोलमा रहेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) आईटी र व्यवस्थापन क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज हो । विद्यार्थीलाई सफल र सक्षम बनाउन दिनरात मेहनत गर्ने यो कलेजले आफ्नो स्थापनाको २० वर्षमा गतिशिल संस्थाको परिचय बनाएको छ । परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन एनसीसीएसले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ । 

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन एनसीसीएसले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ । 

विद्यालय तहदेखि स्नातकसम्मको अध्ययन हुने भए पनि एनसीसीएसले प्लस टु लाई विशेष प्राथमिकतामा राखेको छ । व्यवसायिक र अनुभवी कलेजका रुपमा आफूलाई स्थापित गराउन सफल एनसीसीएसले विद्यार्थीको व्यवसायिक जीवनलाई सफल बनाउन चौतर्फी विकासका लागि उत्कृष्ट अवसर प्रदान गर्ने गरेको छ । ‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई मूल मर्म बनाएको कलेजले कक्षा ११ मा हरेक वर्ष ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्दै आएको छ ।

४. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

ग्लोबल कलेज अफ म्यानेजमेन्ट सन् २००१ मा काठमाडौंको मध्यबानेश्वरमा खुलेको उच्च गुणस्तरको अध्ययन संस्था हो । व्यवस्थापनको अध्यापनमा सफल ग्लोबल कलेजमा विज्ञान र ए लेभलको पनि पढाइ हुन्छ । अत्याधुनिक ल्याबसहित यो कलेजमा विज्ञान विषयमा गुणस्तरीय अध्यापन हुँदै आएको छ । 

उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिँदै आएको यो कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ।

उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिँदै आएको यो कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइ सँगसँगै सञ्चालन हुने गर्छन्।

५. पिनाकल एकेडेमी, लगनखेल

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाइरहेको पिनाकलले यात्राका दौरान हरेक वर्ष ‘प्लस टु’ को परीक्षा नतिजामा आफुलाई बोर्डमा उभ्याउन सफल भएको छ । पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। 

आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाइरहेको पिनाकलले यात्राका दौरान हरेक वर्ष ‘प्लस टु’ को परीक्षा नतिजामा आफुलाई बोर्डमा उभ्याउन सफल भएको छ ।

प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ । विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई एमबिबिएस, प्यारामेडिकल, इन्जिनियरिङ, एग्रीकल्चर र फरेस्ट्रीको ‘इन्ट्रान्स’ परीक्षाका लागि तयार गर्न पिनाकल सुरुदेखि नै लागिपर्छ। कम्युटर म्यानेजमेन्ट, हस्पाटिली म्यानेजमेन्ट, विजनेश म्यानेजमेन्ट, पत्रकारिता पढ्ने विद्यार्थीलाई पिनाकलले प्रयोगात्मकसहितको कक्षा उपलब्ध गराउँदै आएको छ । 

५. सीसीआरसी, कोटेश्वर

सन् २००१ देखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) कलेज काठमाडौंको कोटेश्वरमा छ । आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउन चाहाने यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ । 

दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ ।

दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ । डाक्टर, इन्जिनियर, चार्टर्ड अकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडीलगायत दक्ष जनशक्ति उत्पादनमा सिसिआरसी उत्कृष्ट छ। भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरण, आवश्यक सम्पूर्ण पुस्तकसहितको पुस्तकालयले पनि सीसीआरसी अब्बल शैक्षिक संस्थाका रुपमा परिचित छ । 

६. जेभियर इन्टरनेशनल कलेज, कालोपुल 

सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ पाउन सफल जेभियर इन्टरनेसनल कलेजले आफ्नो स्थापनाको २२ वर्ष पूरा गरेको छ । कालोपुलमा रहेको कलेजले आफूलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गराउन सफल भएको छ । 

प्लस टु, ए लेभलदेखि एमबीएससम्मको बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि जेभियर इन्टरनेसनलको मुख्य चिनारी ‘प्लस टु’ अध्यापन नै हो।

प्लस टु, ए लेभलदेखि एमबीएससम्मको बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि जेभियर इन्टरनेसनलको मुख्य चिनारी ‘प्लस टु’ अध्यापन नै हो। उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

६. युनाइटेड एकेडेमी, ललितपुर

२५ वर्षे रजत यात्रा पूरागरी उत्कृष्ट नतिजा प्रस्तुत गर्दै गर्विलो इतिहास राख्दै आएको पृथक शैक्षिक संस्था हो, युनाइटेड एकेडेमी । सन् १९९७ मा स्थापना भएको यो कलेज ललितपुर कुमारीपाटीमा अवस्थित छ । यो कलेजमा राष्ट्रिय परिक्षा बोर्ड नेपालको सम्बन्धनमा रहेर विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायको अध्यापन हुँदै आएको छ । साथै, त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर युनाइटेडले स्नातक र स्नात्तोकत्तर तहको समेत अध्यापन गराउँदै आएको छ । परिणामुखी नतिजा, अनुशासनलाई गहनाका रुपमा लिएको यो कलेजको व्यवस्थापनपनि चुस्तदुरुस्त रहेको छ । 

वैज्ञानिक विधिबाट पठनपाठन हुने भएकाले उच्च शिक्षा अध्ययनमा विद्यार्थीलाई थप सहज हुने गरेको छ । यहाँ पढाइने पाठ्यक्रमले विद्यार्थीको सीप, क्षमता तथा नेतृत्वदायी भूमिका विकासमा पनि सहयोगी बन्दै आएको छ । 

वैज्ञानिक विधिबाट पठनपाठन हुने भएकाले उच्च शिक्षा अध्ययनमा विद्यार्थीलाई थप सहज हुने गरेको छ । यहाँ पढाइने पाठ्यक्रमले विद्यार्थीको सीप, क्षमता तथा नेतृत्वदायी भूमिका विकासमा पनि सहयोगी बन्दै आएको छ । विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसंग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत कलेजले जोड दिएको छ । कलेजमा हुने यस्ता गतिविधिले विद्यार्थीमा टिम वर्क, कम्युनिकेशन स्किल र लिडरसीपमा विकास गर्ने भएकाले हरेक क्षेत्रमा सफलता हात पार्न विद्यार्थीलाई सहज हुने छ । देश तथा विदेशका विश्वविद्यालयमा विषयगत विज्ञता हासिल गर्न सफल कलेजका अध्यापकका कारण र विद्यार्थीको लगनशीलताले नै यो कलेजले सतप्रतिशत नतिजा ल्याउन सफल छ । 

७. काठमाडौं बर्नहार्ट, बल्खु

शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको शैक्षिक संस्था हो, काठमाडौं बनहार्ट । २०५७ सालमा स्थापना भएको कलेज परिणामुखी नतिजा दिने एक अब्बल शैक्षिक संस्था हो । त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज काठमाडौं बर्नहार्ट देशमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित छ । यो शिक्षण संस्थामा माध्यमिकदेखि स्नात्तोकत्तर तहसम्म अध्यापन हुँदै आएको छ । विश्वविद्यालय तहदेखि राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा समेत अब्बल ठहरीएको छ, काठमाडौं बर्नहार्ट ।

नतिजामुखी परिणाम ल्याउन सफल काठमाडौं बनहार्टमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुँदै आएको छ । प्लस टुतर्फको शिक्षालाई व्यवहारिक बनाउन यो शिक्षण संस्थाले सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासमा जोड दिँदै विद्यार्थी केन्द्रित सिकाईलाई प्राथमिकतामा राखेको छ । उच्च शिक्षा अध्ययनमा विद्यार्थीलाई मार्गनिर्देश होस् भनेर विद्यार्थीलाई कलेजले उपयुक्त परामर्श समेत दिँदै आएको छ । शिक्षण सिकाइका लागि यो कलेजमा उच्चस्तरको भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, पर्याप्त खेल मैदान, स्वस्थ किचेन विशेषताका रुपमा रहेका छन् ।

शिक्षा क्षेत्रमा समर्पित अध्यापकले अब्बल शिक्षण पद्दति,नियमित परिक्षा लगायत  विद्यार्थीको सीप र क्षमता विकासका लागि ध्यान दिएकाले काठमाडौं बर्नहार्ट विद्यार्थीको रोजाइमा पर्ने शैक्षिक संस्था बन्न सफल छ । काठमाडौं  बर्नहार्टले जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्ति, खेलकुद, इन्र्फमेशन टेक्नोलोजी, आर्टस् एण्ड कल्चर लगायतका क्रियाकलापमा जोड दिएको छ । विद्यार्थीलाई प्रोत्साहनमूलक सिकाई र परिणाममुखी नतिजा ल्याउने एक उत्कृष्ट शिक्षण संस्था हो, काठमाडौं बनहार्ट । 

७. लिटल एन्जल्स, हात्तीवन, ललितपुर

ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुल सन् १९८१ देखि निरन्तर शैक्षिक यात्रामा छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टर्ससम्मको अध्यापन गराउँदै आएको छ । ललितपुरसहित काठमाडौं उपत्यकाको शिक्षामा ४२ वर्षदेखि आफूलाई अब्बल सावित गर्न सफल लिटल एन्जल्सले विज्ञान र व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।

ललितपुरसहित काठमाडौं उपत्यकाको शिक्षामा ४२ वर्षदेखि आफूलाई अब्बल सावित गर्न सफल लिटल एन्जल्सले विज्ञान र व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।

प्लस टूमा ह्वारह्वार्ती विद्यार्थी भर्ना गरेर संख्या बढाउनु भन्दा पनि थोरै विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न लिटल एन्जल्स कलेज प्रतिबद्ध रहेको छ । अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ। आधुनिक कक्षा कोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।   

८. मेरिल्यान्ड उच्च मावि, विराटनगर

विराटनगरको रंगेली रोडमा २३ वर्षअघि खुलेको मेरील्यान्ड कलेज स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित छ । १५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरील्यान्ड पटकपटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कलेज पनि हो ।

प्लस टु अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा स्थापित मेरील्यान्डमा प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि पाउन सकिन्छ ।

प्लस टु अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा स्थापित मेरील्यान्डमा प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकताअनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि पाउन सकिन्छ । कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेरिल्यान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। 

८. जेभियर एकेडेमी, लाजिम्पाट

काठमाडौँको लाजिम्पाटमा सन् १९९७ मा खुलेको जेभियर एकेडेमी धेरै विद्यार्थी भर्ना गरेर बढी नाफा कमाउनेभन्दा थोरै विद्यार्थी पढाएर उत्कृष्ट जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको कलेज हो ।  त्यसैले जेभियरले ‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा आफूलाई परिभाषित गर्ने गरेको छ । जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि मात्रै विद्यार्थी भर्ना लिने गर्छ।

 प्लस टुमा विज्ञान र व्यवस्थापनमा ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्न सफल जेभियर एकेडेमीले योग्यताको कदर गर्दै छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।

स्थापनाको २६ वर्ष पूरा भएको जेभियर ‘प्यारेन्ट्स एन्ड टिचर्स एशोसिएसन’ मार्फत हरपल अभिभावकसँग सम्पर्कमा रहने गर्छ । प्लस टुमा विज्ञान र व्यवस्थापनमा ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्न सफल जेभियर एकेडेमीले योग्यताको कदर गर्दै छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । विद्यार्थी उन्मुख शिक्षण, विद्यार्थीहरूको उपस्थिति र कार्यसम्पादनलाई नजिकबाट अनुगमन, परीक्षण र मूल्याङ्कन गर्ने जेभियरले आवश्यक परामर्श र उपचारात्मक कक्षा सञ्चालन गर्दै आएको छ । 

९. सेन्ट लरेन्स कलेज, चावहिल

काठमाडौंको चावहिल पिपलबोट २६ वर्षअघि स्थापना भएको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्था हो ।

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ ।

उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ ।  

९. किस्ट कलेज, कमलपोखरी

काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजले आफ्नो स्थापनाको २८ वर्षमा आफूलाई अब्बल कलेजका रुपमा स्थापित गराएको छ । स्नातकसम्मको अध्ययन हुँदै आए पनि किस्टले आफ्नो परिचय भने प्लस टुबाटै बनाएको हो ।

९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित किस्ट कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापन गराउँदै आएको छ।

९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित किस्ट कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापन गराउँदै आएको छ। नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशाला आधुनिक शिक्षाका मुख्य पक्ष हुन्। किस्ट कलेजले यस्ता गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यवसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ।  

९. काठमाडौं वर्ल्ड स्कुल, गुन्डु, भक्तपुर

भक्तपुर सूर्यविनायक नगरपालिकाको गुन्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलले विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्छ । कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ।

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। अपाङमैत्री कक्षा कोठा, भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। अपाङमैत्री कक्षा कोठा, भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हजार बढी विद्यार्थी अध्ययनरत छन् । सूर्यविनायक नगरपालिकाले समेत यस स्कुललाई विशिष्ट श्रेणीको शिक्षण संस्थाका रूपमा मनोनित गर्नुले यसको महत्त्व थप झल्काएको छ। 

१०. रिलायन्स इन्टरनेसनल

गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध एक शिक्षण संस्था हो, रिलाइन्स इन्टरनेशनल एकेडेमी । २०५० सालमा चावहिलमा स्थापना भएर शैक्षिक यात्राको ३ दशक पूरा गरिसकेको यो कलेजले विद्यालय तहदेखि स्नात्तोकत्तर तहसम्म अध्यापन गराउँदै आएको छ । उत्कृष्ट एवम् अब्बल कलेजको रुपमा रहेको रिलाइन्समा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुने गरेको छ । 

विद्यार्थीमैत्री नतिजामुखी सिकाइमा आधारित रिलायन्सले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई समेत जोड दिएको छ ।

शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले इन्टरनेशनल एकेडेमीका रुपमा समेत यो कलेजलाई सम्मान गरेको थियो । विद्यार्थीमैत्री नतिजामुखी सिकाइमा आधारित रिलायन्सले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई समेत जोड दिएको छ । यसले व्यवहारिक ज्ञान लिन विद्यार्थीलाई सहज बनाइ दिन्छ । कलेजले पाठ्यक्रममा आधारित भएर विविध गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी हुने वातावरण बनाउन सहजीकरण गरिरहेको छ । कलेजमा विद्यार्थीका लागि अत्याधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न लाइबेरी, ल्याब, यातायात सेवा, होस्टेललगायत सुविधासमेत रहेको छ । 

१०. अरनिको कलेज, विराटनगर

अरनिको आवासीय माध्यमिक विद्यालय कोशी प्रदेशको सर्वोत्कृष्ट र देशकै एक अब्बल शैक्षिक संस्था हो । वि.स. २०३३ सालमा स्थापना भई वि.स. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस विद्यालयले बोर्ड फस्ट र बोर्ड सेकेन्डसहित निरन्तर उत्कृष्ट नतिजामार्फत आफ्नो उत्कृष्टताको परिचय दिँदै आएको छ । यस विद्यालयले स्थापनाकालदेखि नै विज्ञान र व्वस्थापन संकाय संचालन गर्दै आएको छ ।

विद्यार्थीमैत्री वातावरण, अनुशासन, अतिरिक्त क्रियाकलाप र पर्याप्त भौतिक पूर्वाधार जस्ता कुराले पनि यस विद्यालयलाई थप अब्बल बनाउन भूमिका खेलेको छ ।

दक्ष, अनुभवी शिक्षकहरुबाट पठनपाठन हुनु  र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रित हुनु नै विद्यालयको सफलताको रहस्य हो । विद्यार्थीमैत्री वातावरण, अनुशासन, अतिरिक्त क्रियाकलाप र पर्याप्त भौतिक पूर्वाधार जस्ता कुराले पनि यस विद्यालयलाई थप अब्बल बनाउन भूमिका खेलेको छ । २४ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन गराइरहेको यस विद्यालयले निरन्तर सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारसमेत प्राप्त गरिरहेको छ ।

कक्षा ११ देखि नै मेडिकल, इन्जिनियरिङ्ग, कृषि तथा अन्य प्रवेश परीक्षाको तयारी तथा परामर्श कक्षा संचालन गरिने यस विद्यालयबाट सर्वाधिक संख्यामा विद्यार्थीहरुले मेडिकल, इन्जिनियरिङ्ग लगायतका प्रवेश परीक्षा उत्तिर्ण गरी पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् । त्यसैले यस विद्यालय एसईई उत्तीर्ण गर्ने विद्यार्थीहरुको पहिलो रोजाइ बन्दै आइरहेको छ ।

१०. शिक्षादीप कलेज, विराटनगर

शिक्षादीप कलेज मोरङ विराटनगर -९ स्थित मेनरोडमा रहेको सुविधा सम्पन्न कलेज हो । प्लस टुसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । २०५३ सालमा स्थापना भएको यो स्कुलका हरेक कक्षा र लेक्चर उपयोगी छन् । 

शिक्षादीपमा कक्षा १२ सम्मको अध्ययन गरेकी अदिति जैनले एमबीबीएसको इन्ट्रान्स परीक्षामा देशैभरका छात्राबाट आफूलाई पहिलो नम्बरमा नाम निकाल्न सफल हुनुले पनि यो स्कुलको उचाई मापन सहज बनाइदिएको छ ।

शिक्षादीपमा कक्षा १२ सम्मको अध्ययन गरेकी अदिति जैनले एमबीबीएसको इन्ट्रान्स परीक्षामा देशैभरका छात्राबाट आफुलाई पहिलो नम्बरमा नाम निकाल्न सफल हुनुले पनि यो स्कुलको उचाई मापन सहज बनाइदिएको छ । आफ्नै सुविधासम्पन्न भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय शिक्षादीपका विशेषता हुन् । आफ्ना विद्यार्थीलाई कितावसहितका शैक्षिक सामग्री सित्तैमा उपलब्ध गराउने शिक्षादीप कोशी प्रदेशको शिक्षामा साच्चैको दीप बनिरहेको छ ।


यो पनि हेर्नुहोस !

SEE पछि के पढ्ने?

https://sigmosoft.blogspot.com/2023/04/see.html

Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

आइसिसी एकदिवसीय विश्वकप २०२३ को उपाधी अस्ट्रेलियालाइ

  भारतीय  घरेलु दर्शकलाई स्तब्ध पार्दै घरेलु मैदानमा नै भारतलाई हराएर अस्ट्रेलिया आइसिसी एकदिवसीय विश्वकप  २०२३ को  विश्व  च्याम्पियन बनेको छ । यो  अस्ट्रेलिया   लागि यो छैटौं  उपाधि समेत हो । भारतले २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । भारतले विराट कोहली र केएल राहुलको अर्धशतक मद्दतमा २४० रन जोेडेको थियो । रोहितको नेतृत्वमा भारतले राम्रो थालनी गरे पनि ठूलो स्कोर कायम गर्न चुक्दा हारको सामना गर्नुपरेको हो । निकै लयमा देखिएको भारतीय टिमलाइ उसकै मैदानमा फाइनल खेलमा हराएर  अस्ट्रेलियाले लिग चरणमा हारेको हारको समेत बदला लिएको छ ।  आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो । जसमा ट्राभिस हेडको १३७ रन अस्ट्रेलियाको जितका लागि महत्वपूर्ण बन्यो ।भारतको लागि भने तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो । विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा

आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न !

 आप्रवासी श्रमिक संजालको गण्डकी प्रदेश कमिटी गठन सम्पन्न ! मिति २०८० जेष्ठ १७ गते पोखरा ! आप्रवासी श्रमिकहरुको गण्डकी प्रदेश स्तरीय २ दिने छलफल प्रदेश स्तरिय १३ सदस्यीय प्रदेश  कमिटी गठन गरेर सप्पन्न भएको छ । सुरक्षीत आप्रवासन(सामी) र हेल्भटास नेपाल को संयुक्त आयोजनमा भएको सो कार्यक्रममा संजालका पालिका प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका नवलपरासी (बसुपु),तनहुँ ,गोरखा ,कास्की ,बागलुङ  र स्याङ्जा का २६ वटा पालिकाबाट प्रतिनिधित्व भएको थियो ।     सामी परियोजनाका गण्डकी प्रदेश ब्यवस्थापक उमाकला शर्मा र  कार्यक्रम अधिकृत सनत प्रसाद सापकोटाले  संजालको आवश्यकता र कानुनी व्यवस्थाको बारेमा आएका जिज्ञासाको बारेमा जवाफ दिएर सके लगत्तै मधेस प्रदेशबाट आमन्त्रित आप्रवासी श्रमिक संजाल  प्रदेश कमिटी अध्यक्ष जे पि सिन्हा र  धनुषा जिल्ला अध्यक्ष दुखरण यादवको उपस्थितिमा बिष्णुहरि भुगाइको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको थियो ।  आप्रवासी श्रमिक संजाल गण्डकी प्रदेश कमिटी  अध्यक्ष : बिष्णुहरी भुगाइ (कास्की ) उपाध्यक्ष : कौशिला थापा शाहि (गोरखा ) उपाध्यक्ष  : शिव प्रसाद शर्मा (ढुंगाना ) बाग्लुङ महासचिव