- Get link
- X
- Other Apps
राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत शुक्रबार सम्पन्न ओमानविरुद्ध नेपाललाई ८४ रनको जित दिलाउन पूर्वकप्तान सन्दीप लामिछानेको भूमिका पनि अहम् रह्यो । उनले ८ ओभरमा ४५ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले कप्तान जीशान मक्सूद (शून्य), अदिल शफिक (१३) र कश्यप प्रजापति (२५) को विकेट लिएका हुन् ।
योसँगै उनले ओडिआईमा सर्वाधिक छिटो १०० विकेट लिने बलरको कीर्तिमान पनि बनाए । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड अफगानिस्तानका स्टार राशिद खानको नाममा थियो । उनले ४४ ओडिआईमा १ सय विकेटको आँकडा पार गरेका थिए । अब भने उनको रेकर्ड सन्दीपले तोडेका छन् ।
सन्दीपको विश्वकीर्तिमानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । छिमेकी देश भारतका सञ्चारमाध्यमले पनि सन्दीपको प्रशंसा गर्दै समाचार प्रकाशन गरेका छन् । भारतको चर्चित पत्रिका दैनिक जागरले शीर्षकमा लेखेको छ, ‘एकदिवसीय क्रिकेटमा नेपाली क्रिकेटरको धमाका, राशिद खान र मिचेल स्टार्क जस्ता दिग्गज पछि परे ।’
त्यस्तै, एबी लाइभ डटकमले लेखेको छ, ‘सन्दीप लामिछाने बने स्टार्क र राशिदजस्ता दिग्गज खेलाडीलाई पछि पार्दै एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने बलर ।’ क्रिकेट एन मोरले लेख्छ, ‘ स्टार्क र राशिद खानलाई पछि पार्दै नेपालका सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान ।’
जनसत्ता डटकमले लेखेको छ, ‘दिल्ली क्यापिटल्सका २२ वर्षीय पूर्वबलरले बनाए विश्वकीर्तिमान, वानडेमा सर्वाधिक छिटो १०० विकेट लिने राशिद खानलाई पछि पारे ।’ हिन्दी न्यूज १८ लेख्छ, ‘दिग्गजलाई पछि पार्दै सन्दीप लामिछाने बनाए सबैभन्दा ठूलो कीर्तिमान, बने ओडिआई फर्म्याटका नयाँ राजा ।’
त्यस्तै, स्पोर्ट्सकीडा हिन्दीले लेखेको छ, ‘नेपाली बलरले तोडे राशिद खानको विश्व कीर्तिमान, रचे एकदिवसीय क्रिकेटमा इतिहास ।’ इण्डिया पब्लिक खबर लेख्छ, ‘राशिद खानलाई पछि पार्दै यी बलरले लिए सबैभन्दा छिटो १०० विकेट ।
त्यस्तै, स्पोर्ट्सकीडा हिन्दीले लेखेको छ, ‘नेपाली बलरले तोडे राशिद खानको विश्व कीर्तिमान, रचे एकदिवसीय क्रिकेटमा इतिहास ।’ इण्डिया पब्लिक खबर लेख्छ, ‘राशिद खानलाई पछि पार्दै यी बलरले लिए सबैभन्दा छिटो १०० विकेट ।’
भारतीय मिडियाले सन्दीपबारे के लेखे ?

Comments
Post a Comment