Skip to main content

Sigmo Khabar

मल्लबारे तीन वर्षअघि तयार पारिएको स्टोरी

 मल्लबारे तीन वर्षअघि तयार पारिएको स्टोरी 

सन् २०१४ को टी-२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्न बुटवल देवीनगरका युवाले टोलमा ठूलो स्क्रिनको व्यवस्था गरेका थिए। पहिलो पटक विश्वकप खेल्दै गरेका नेपाली खेलाडीको प्रदर्शन नियाल्न क्रिकेटप्रेमी देवीनगरवासी उत्साहित थिए। राष्ट्रिय टिममा रूपन्देहीकै शक्ति गौचनको हुँदा देवीनगरवासीमा नेपाल टिममा स्थानीयपन मिसिएको थियो।

त्यतिबेला कुशल मल्ल सानै थिए तर खेल हेर्न अग्रपंक्तिमा हुन्थे। न्यू होराइजन स्कुलमा शक्ति गौचनबाट क्रिकेट सिकेका कुशल भविष्यमा आफू पनि नेपाल टिमबाट खेल्ने सपना देख्थे। शक्तिले जस्तै विकेट लिएको र सुवास खकुरेलले जस्तै रन हानेको कल्पना गर्थे।

टी-२० विश्वकप खेलेपछि शक्तिले आफ्नो गृहनगरमा प्रतिभावान् क्रिकेटरलाई प्रोत्साहन गर्ने काम सुरू गरे। राम्रो क्रिकेट खेल्नेका अभिभावकसँग भेटेरै कुराकानी गर्न थाले।

त्यहीबेला उनी कुशलको घर पुगे। कुशलकी आमालाई भने-कुशल एकदमै राम्रो खेल्छ। उसलाई खेल्ने वातावरण मिलाइदिनु होला।

शक्तिको आग्रहपछि आमाले कुशललाई ब्याट किनिदिइन्।

त्यसपछि कुशलको क्रिकेट यात्राले उडान भर्‍यो।

पाँच वर्षपछि कुशलले नेपाली क्रिकेटको यात्रामा लामो दूरी पार गरिसकेका छन्। १५ वर्षको हुँदा कुशलले नेपालको टी-२० र एकदिवसीय राष्ट्रिय टिममा स्थान बनाइसकेका छन्।

कुशलले दुई साताअघि अमेरिकाविरूद्ध खेलेर एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे। डेब्यू खेलमा अर्धशतक बनाउँदै उनले विश्व कीर्तिमान बनाए।

उनी एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा खेलाडी (१५ वर्ष ३४० दिन उमेर) बने। यसअघि यो कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो। रोहितले एक वर्षअघि शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए।

कीर्तिमान बनाएका कुशलले क्रिकेट बुझ्न थालेको सन् २०११ को एकदिवसीय विश्वकपपछि हो।

'टोलका दाइहरूले २०११ को विश्वकप खुब हेर्नुभयो,' कुशलले भने,'त्यतिबेलादेखि नै हो मैले क्रिकेट बुझ्न थालेको।'

विश्वकपपछि उनी टोलका दाइहरूको पछि लागेर 'गल्ली' क्रिकेट खेल्न जान थाले। उमेर सानै भएकाले बलिङ गर्न पाउँदैन थिए। ब्याटिङमा अन्तिममा मात्र मौका पाउँथे।

टोल क्रिकेटमा रस बस्दै गएपछि उनी स्कुलमा पनि क्रिकेट खेल्न थाले। स्कुलमा शक्ति गौचनले क्रिकेट सिकाउँथे। स्कुलको टिममा पर्न भने दुई वर्ष लाग्यो।

कक्षा ८ मा पढ्दा स्कुल टिममा परेपछि उनी शक्तिकै स्टार क्रिकेट एकेडेमीमा भर्ना भए।

२०१७ मा कुशल ट्यालेन्ट हन्टमार्फत् यु-१६ राष्ट्रिय टिममा छनोट भए। यु-१६ स्तरमा उनले राष्ट्रिय स्तरमा खेल्नुबाहेक अन्तर्राष्ट्रियस्तरमा मौका पाएनन्।

२०१८ को नोभेम्बरमा कुशल एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि टिम भैरहवा ग्लाडिएर्टसमा आवद्ध भए। ट्यालेन्ट हन्टमार्फत् छनोट गर्ने प्रावधानअनुसार कुशलले रुपन्देहीका दर्जनौं खेलाडीलाई पछि पारे।

छनोट दौरान उनलाई ४ ओभर ब्याटिङ गर्नु पर्ने 'म्याच सिनारियो' दिइयो। जहाँ उनले पहिलो बलमै छक्का प्रहार गरे। २ छक्कासहित नटआउट १७ रन जोडेपछि उनी शरद भेषवाकार कप्तान रहेको भैरहवामा छनोट भए।

भैरहवामा छनोट हुनुलाई कुशल करिअरको पहिलो टर्निङ प्वाइन्ट मान्छन्।

इपिएलको सुरूआती खेलमा उनले मौका पाएनन्। चितवन टाइगर्सविरूद्धको उनले डेब्यू गरे। डेब्यू खेलमा ३ रनमात्र जोड्न सके।

एलिमिनेटरमा चितवनविरूद्ध नै कुशलले उत्कृष्ट प्रदर्शन गरे।

भैरहवालाई जितका लागि अन्तिम ५ ओभरमा ५० रन चाहिएको थियो।

'खेल हारे हाम्रो टिम बाहिरिन्थ्यो,' उनले भने,'रोहित पौडेल दाइले जोनमा भएको बल हान्नु, अरू बल सिंगल लिनु भन्नुभएको थियो।'

रोहितसँग मिलेर ५० रन जोडेपछि भैरहवाले खेल जित्यो। कुशलले १३ बलमा २३ रन प्रहार गरे। जसमा २ चौका र २ छक्का थिए।

आफ्नो प्रदर्शनले टिमले जितेपछि उनी निकै खुसी भए। कप्तान शरदले बधाई दिँदा भावुक बने।

'तिमीले मिहिनेत गरिरहेका छौ। अझ राम्रो नतिजा दिएर शक्ति दाइलाई खुसी पार्नु,' शरदले कुशलको प्रदर्शनको तारिफ गर्दै सुझाव दिएका थिए।

चितवनविरूद्धको खेलपछि उनी चर्चित बने। जसका कारण उनलाई अन्य फ्रेन्चाइज लिगमा स्थान बनाउन गाह्रो भएन। यु-१९ राष्ट्रिय टिममा पनि सहजै स्थान पाए।

इपिएलपछि कुशलले धनगढी प्रिमियर लिग (डिपिएल)मा टिम महेन्द्रनगर युनाइटेडबाट खेले। तर सम्झनलायक खेल्न सकेनन्।

गत वर्ष यु-१९ टिमबाट विश्वकप छनोट खेले। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मलेसिया पुग्दा उनको ब्याट चलेन। युएईसँग १ रनले पराजित हुँदा नेपाल युवा विश्वकप छनोट हुन असफल भयो। नेपाल १ रनले पराजित भएको क्षण सम्झँदा उनलाई अहिले पनि नमीठो लाग्छ।

लगत्तै मलेसियामै एसिया कप छनोट खेले। यो प्रतियोगितामा भने कुशलले राम्रो प्रदर्शन गरे।

'पिच बुझेर ब्याटिङ गरें। अभ्यास पनि निकै गरेकाले दोस्रो प्रतियोगितामा भने राम्रो खेल्न सकें,' कुशलले भने।

एसिया कप छनोट जितेर नेपाल श्रीलंकामा आयोजना भएको एसिया कपमा छानियो। जहाँ कुशलले आफ्नो फर्मलाई कायम राखे। मध्यक्रममा आक्रमक ब्याटिङ गर्दै नेपालको रनस्कोरलाई उकासिरहे।

श्रीलंकामै रहेको बेला उनी नेपालको टी-२० राष्ट्रिय टिममा पर्न सफल भए। राष्ट्रिय टिममा परेको सामाचार उनले यु-१९ टिमका प्रशिक्षक विनोद दासबाट सुने।

'श्रीलंकाको टिमसँग अभ्यास गरिरहेको थिएँ,' उनले भने,'विनोद सरले राष्ट्रिय टिममा परिस् भन्नुभयो।'

आफू राष्ट्रिय टिममा परेको समाचार सुरूमा पत्याउन सकेनन्।

'मलाई कुन हिसाबले राष्ट्रिय टिममा राख्नुभएको हो थाहा पाउनै सकिनँ,' उनले भने,'किनभने त्यतिबेलासम्म मैले राष्ट्रिय टिमलाई चाहिने प्रदर्शन गरिसकेको थिइनँ। चाँडै टिममा राखेजस्तो लाग्यो।'

पछि लाग्यो, 'इपिएलको प्रदर्शनले राष्ट्रिय टिममा राखेको होला।'

सिंगापुर र ओमान भ्रमणका लागि नेपालको टी-२० राष्ट्रिय टिममा परेका कुशलको प्रदर्शन फेरि राम्रो हुन सकेन। उनले सिंगापुरमा जिम्बाबेविरूद्ध डेब्यू गरेका थिए। जहाँ उनी २ रनमै आउट भए।

'पारस दाइले आफ्नो खेल देखाउनु भन्नुभएको थियो। पहिलो खेल भएर होला सुरूमा नर्भस भएको थिएँ,' उनले भने,'सिंगापुर भ्रमणलाई मेरा लागि एउटा सिक्ने अवसर बन्यो।'

सिंगापुरमा चल्न नसकेका कुशलले ओमान भ्रमणमा मौका पाएनन्।

पोखरा प्रिमियर लिग पनि कुशलका लागि बिर्सनलायक प्रतियोगिता बन्यो। पोखरा पल्टनबाट खेलेका उनी पाँचै खेलमा टिममा थिए। तीन खेलमा ब्याटिङको मौका पाए पनि सस्तैमा आउट भए।

गत महिना कुशलले अर्को ठूलो अवसर पाए। पहिलो पटक एकदिवसीय राष्ट्रिय टिममा समावेश भए। अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक सिरिजका लागि टिममा परेकामध्ये उनी सबैभन्दा कान्छा खेलाडी थिए।

त्रिवि मैदान कीर्तिपुरमा भएको सिरिजको पहिलो खेलमा कुशल टिममा परेनन्। अमेरिकाविरूद्धको दोस्रो खेलमा कुशलले एकदिवसीय डेब्यूको मौका पाए।

कुशलको डेब्यू खेलमा नेपाल सुरूमै दबाबमा पर्‍यो। कुशल मैदान छिर्दा नेपालले ४ विकेट गुमाएर ४७ रन मात्र जोडेको थियो। उनी मैदान छिरेको केहीबेरमा नेपालले अर्को विकेट गुमायो। त्यसपछि कुशल र विनोद भण्डारीको जोडी जम्यो। कुशलले ५० बलमा ५० रन प्रहार गर्दै अर्धशतक बनाए। त्यो अर्धसतक सामान्य अर्धसतक थिएन। १५ वर्षीय कुशल एकदिवसीय खेलमा अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी बने।

अर्धशतक बनाए पनि उनले ब्याट उठाएर खुसी मनाएनन्।

'५० रन हानेपछि सबैले ब्याट उठाउने चलन छ। म ५० रन मात्र हानेर खुसी हुन चाहन्नँ किनकी अझै बढी रन हान्न चाहन्छु। अर्धशतकलाई शतकमा परिणत गर्न चाहन्छु,' कुशलले भने।

के उसो भए उनले अब अर्धसतकमा कहिल्यै ब्याट उठाउँदैनन् त?

'परिस्थिति हेरेर हुन्छ। टिम सजिलो अवस्थामा छ भने उठाउँछु पनि होला। तर टिमलाई अझै रनको जरूरत छ भने उठाउँदिनँ,' उनको जवाफ छ।

अमेरिकाविरूद्ध अर्धशतक बनाए विश्व रेकर्ड हुन्छ भन्ने विषयमा उनलाई पहिल्यै थाहा थिएन। किनकी उनी ब्याटिङमै केन्द्रित थिए।

'वानडेमा डेब्यू गर्दाको क्षण नर्भस थिएँ। पहिलो १०-१५ बल खेल्न गाह्रो भएको थियो। एउटा बाउन्ड्री आएपछि रिलिफ भयो। त्यसपछि खेल्न सक्छु भन्ने लाग्यो,' उनले अमेरिकाविरूद्धङ्को ब्याटिङबारे भने।

एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा खेलाडीको रेकर्ड बनाएपछि विश्वभरबाट चर्चा बटुलेका उनलाई आफ्नो प्रदर्शन समान्य लाग्छ। ब्याट्सम्यानले ब्याटिङ गर्नु समान्य कुरा भएको उनको बुझाइ छ।

'ब्याट्सम्यान भएपछि ५० रन सजिलोसँग बनाउनु पर्छ, सधैं सतकका लागि सोच्नु पर्छ,' कुशलले भने,'किनभने ५० जो कोहीले पनि बनाउँछ।'

सचिन तेन्दुलकर, शाहिद अफ्रिदीजस्ता क्रिकेटरको रेकर्डलाई पछि पारेका उनी मिहिनेत गर्‍यो भने राम्रो खेलाडी बन्न समय नलाग्ने उनी ठान्छन्।

'राम्रो क्रिकेटर बन्नलाई फिनटेट र फिल्डिङ र ब्याटिङमा पनि सुधार गर्नु पर्छ। अहिले मेरो ध्यान त्यसमै छ,' उनले भने।

कुशललाई पुल सर्ट खेल्न मन पर्छ। तीव्र गतिको बलिङमा ब्याटिङ गर्न रुचाउने कुशललाई एक रनभन्दा बाउन्ड्री प्रहार गर्न सजिलो लाग्छ।

'एक रन लिन प्लेसिङ गर्न पर्छ। त्यो गाह्रो लाग्छ,' उनले भने,'म बाउन्ड्रीका लागि सोच्छु।'

उनी अहिले क्रिकेटसँग यति नजिकिएका छन् की 'रेस्ट डे' दिन उनलाई पट्यार लाग्छ। 'रेस्ट डेको दिन दिन नै लामो भएजस्तो लाग्छ, क्रिकेट खेलेको बेला दिन नै गएको पत्तो हुन्न,' उनले भने।


Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...