Skip to main content

Sigmo Khabar

अपराजित यात्राले तय गरेको एसिया कप !

 

सिग्मो समाचार 


अपराजित यात्राले तय गरेको एसिया कप

फाइनलमा दीपेन्द्रको ठाउँमा आफूलाई खेलाउने मोन्टीको निर्णयलाई सही साबित गरे गुलशनले

लगातारको सुधरिएको प्रर्दशन र अपराजित यात्रालाइ  निरन्तरता दिदै अन्ततः नेपाली क्रीकेट टिमले एसिसी प्रीमियएर कपको फाइनल खेलमा युएई लाई हराउँदै च्याम्पियन बनेको छ। यो सङसङै पहिलोपटक एसिया कपको ढोका पनि खोलेको छ । फाइनल अघिका खेलमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले बलिङ अलराउन्डर करण केसी र गुलशन झालाई पालैपालो एक एक खेलमा खेलाउने गरेका थिए।

यूएईसँगको फाइनल खेलमा भने ब्याटिङमा खराब फर्ममा रहेका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई बेन्चमै राखेर मोन्टीले  करणसँगै गुलशनलाई पनि प्लेइङ-११ मा राखे।

बलिङमा एक विकेट मात्रै लिए पनि गुलशनको जादु भने ब्याटिङमा देखियो।

११८ रनको सहज विजय लक्ष्य पछ्छाएको नेपालले सुरुवात निकै खराब गरेको थियो। जहाँ मात्र २२ रन जोड्दा नेपालले सुरुवाती ३ विकेट गुमाइसकेको थियो। यो समय नेपालको खेल फसिसेकेको थियो।

तर प्रायः मध्यक्रममा ब्याटिङका लागि आउने गुलशन झालाई प्रशिक्षकले एक विकेट खसेपछि नै मैदानमा पठाए। सायद उनको ब्याटिङ खुबीलाई बुझेर होला।

वर्षाको कारण ब्याटिङ गर्न निकै गाह्रो भएको पीचमा अन्य ब्याटर लगातार आउट भइरहँदा उनले लामा लामा छक्का हानिरहेक थिए।

उनले ८४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा अविजित ६७ रन जोडे। लामा सटसँगै सम्हालिएर ब्याटिङ गर्दै गुलशनले नेपालको इनिङ मात्र जोगाएनन्, जितसम्म पुराए।

उनले ७५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका थिए। उनले नै फाइनलको उत्कृष्ट खेलाडीको उपाधि जिते।

धरापमा परेको नेपालको इनिङलाई बचाउन गुलशनलाई भीम सार्कीले राम्रो साथ दिए। यी दुईले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गर्दै नेपाललाई उपाधि दिलाए।

भीमले ७२ बलमा ४ चौकोको मद्दतमा ३६ रनको योगदान दिएका थिए।

१९ बैशाख, २०८०, १२:५८:४० माप्रकाशित 
sigdel399@gmail.com 

Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड

    Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।   अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।   अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनी...

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...