- Get link
- X
- Other Apps
मध्यबिन्दु नगर भित्र जग्गा नापी सुरु भएकोछ !
मध्यबिन्दु नगरपालिका का नगरप्रमुख भिम लाल अधिकारीको अग्रसरतामा मध्यबिन्दु नगर भित्रका अब्यवस्थित भुमी हिन सुकुम्बासी हरुको बर्सौ देखीको समस्या अब समाधान हुने सुभ संकेत देखिएको छ ! परिणाम आउने गरि काम गर्ने र सम्पुर्ण भुमी हिन सुकुम्बासी हरुको हात हातमा लाल पुर्जा थमाएरै छाड्ने लक्ष्यको साथमा मध्यबिन्दु नगरपालिका जोड तोड का साथ लागि परेरहेको नगर प्रमुख अधिकारिले बताउनु भएको छ!
पहिलो चरणमा मध्यबिन्दु १ सेतो पानी बाट जग्गा नाप्ने काम सुरु भैसकेको र क्रमश अन्य वाडमा पनि जग्गा नापिने कुरा को जानकारी गराउदै सम्पुर्ण मध्यबिन्दु नगरपालिका भित्रका भुमि हिन सुकुम्बासी जनसमुदायमा आफ्नो गाउँ टोलमा जग्गा नापी टोलि आउदा साद सँधियार हरुमा विवाद झैझगडा नगरी नापी टोलि लाई सहजीकरण गरि दिनु हुन मध्यबिन्दु नगर पालिकाले सम्पुर्ण वाडाबासि सङ्ग अपिल समेत गरेको छ ! साथै मध्यबिन्दु नगरपालिका का प्रत्येक वडा भित्रका सम्पुर्ण बुद्धिजीवी सर्कल समाजसेवी तथा सर्बदलिय राजनीतिक नेतृत्व गर्ने सम्पुर्णमा स्थानिय सहजीकरण समिति लाई सहयोग गरिदिन पनि अपिल गरेको छ !
Comments
Post a Comment