Skip to main content

Sigmo Khabar

नक्कली भुटानी शरणार्थी काण्ड

  नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।

दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।


बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहुँदै सर्वोच्च अदालतको आदेशले ओली सरकार ढलेको थियो। त्यसपछि उक्त गिरोहमा संलग्न भएका गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलगायतको विचल्ली भएको थियो।

पछि शेरबहादुर शेरवहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री भएपछि गृहसचिवमा पनि  महेश्वर न्यौपानेलाई हटाएर टेकनारायण पाण्डेलाई ल्याईएको थियो। गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको भन्दै पाण्डेलाई सहयोग गर्न आग्रह गरे।

त्यसपछि यो कुरा खाँड पत्नि मञ्जु, आरजु राणा र शेरबहादुर देउवासम्म पनि पुगेको पाईएको छ। खाँण निकट एक कांग्रेसकासांसदले पनि उनीहरुसँग पैसा लिएको पाईएको छ। 

सचिव पाण्डेले अफिसियल्ली आफुले मिलाउने वताएर पैसा लिएको भण्डारीले बयानका क्रममा वताएका छन्। स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र पनि जारी गरेको पाईएको छ। गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले त्यो परिपत्र गरेको पाईएको प्रहरी स्रोतले जनाएको छ। 

दाङका सन्देश शर्माले गृह सचिव पाण्डे मार्फत मन्त्री खाँणलाई भेटेर केशव दुलाल, सानु भण्डारीसहितले कुरा गरेको र काम हुनेमा आश्वस्त भएको बयान दिएका छन् । यो सवै विषय ओलीले प्रधानमन्त्री दाहाललाई सुनाएको र एमालेलाई वदनाम गर्ने षडयन्त्र भए भण्डारीको वयान सार्वजनिक गर्ने चेतावनी दिएको स्रोतको दावी छ।

आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएको र देउवाले प्रधानमन्त्रीसँग चासो राखेको स्रोतको दावी छ। 

Comments

Popular posts from this blog

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड

    Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।   अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।   अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनी...

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...

घरको भित्तामा रङ छान्ने १० उत्तम तरिका || best wall paint idea || best color combination idea

  १० उत्तम भित्ता रङ संयोजनहरू २०८० मा तपाईंको घरको भित्री भागको लागि प्रयास गर्न हाम्रो जीवनमा रङको महत्त्वपूर्ण भूमिका हुन्छ।  हामी हाम्रो कपडा छनोट गर्ने र हामीले ड्राइभ गर्ने कारको रङमा   हाम्रो सपनाको घरको पेन्ट रङहरू छनोट गर्नको  लागि रङतर्फ आकर्षित हुन्छौं ।  हामी आफूलाई रंग मार्फत व्यक्त गर्छौं।  त्यसोभए, तपाईंको भित्री भित्ताको रंगको रंग छनोटमा माग गर्न र विशेष गरी राम्रो छ। तपाईंले रोज्नुभएका पेन्ट   रङहरूले   तपाईंको घरको लुकलाई नयाँ बनाउँछन्।  रङले तपाइँलाई मनपर्ने संयोजनहरूमा निर्भर गर्दै स्पेस बनाउन वा तोड्न सक्छ।  तपाईंले भित्री पर्खालहरूको लागि रोज्नुभएको रङ संयोजनले तपाईंको परिवारमा गहिरो प्रभाव पार्छ, र धेरै मानिसहरूले रङ संयोजनहरू छनौट गर्दा गल्तीहरू गर्छन्।  केहि सामान्य गल्तीहरू जुन मानिसहरूले सबैभन्दा खराब रङ संयोजनहरू छनौट गर्दा गर्छन् जुन तपाईंले   आफ्नो घरको लागि कहिल्यै पेन्ट  गर्नु हुँदैन ।  तर, हामी हाम्रो घरको भित्री भागको लागि उत्तम रंग संयोजन चाहन्छौं।  आफ्नो घरक...