Skip to main content

Sigmo Khabar

आप्रवासी कामदार संजालको क्षमता अभिबृद्धी तालिम सप्पन्न ।

 आप्रवासी कामदार संजाल नवलपुरका ५ पालिका स्तरीय पदाधिकारीहरुको क्षमता अभिबृद्धी तालिम सप्पन्न ।



२०८० जेठ २१ र २२ गते आप्रवासी कामदार  सञ्जाल नवलपु द्वारा   गठन गरिएको  संजालका पदाधिकारीहरुको   क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखिकरण तालिम प्रदान गरिएको  छ । जसमा आप्रवासी कामदार संजाल नवलपुरको विनय त्रिवेणी, कावासाेती,देवचुली ,गैडाकाेट र मध्यविन्दुका  पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

के थियो त तालिमको उद्देश्य ?



यो कार्यक्रम सुरक्षीत आप्रवासन(सामी) र आप्रवासी कामदार संजाल नवलपुरको संयुक्त आयोजनामा भएको थियो । आप्रबाशमा रहेका कामदरहरुले प्रदेशमा भोग्नुपरेका कठिनाइ आइ पर्ने समस्या र नेपालमा नै बिचौलिया  मार्फतको हुने  ठगिका बारेमा बृहत अन्तरक्रिया भएको यश कार्यक्रमका संयोजक रितुराम सोतिले बताउनुभयो । कार्यक्रम संजालका जिल्ला अध्यक्ष युवलाल तिवारिको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा हेल्भाटास नेपाल अधिकृत रोजनिल सिं हुनुहुन्थ्यो । सिंले वैदेशिक रोजगारको शिलशिलामा भोग्नु पर्ने कठिनाइ र अपनाउनु पर्ने सुरक्षाको बारेमा बृहत तालिम दिनु भएको थियो । जिल्ला अध्यक्ष तिवारीले यश संस्था मार्फत अहिलेसम्म भएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।

 कार्यक्रम उपलब्धि मुलक भएको र यहाँको सिकाइ आफ्नो कार्यकालमा आफ्नो पालिकामा लागू गरेर जाने कुरा आप्रवासी कामदार संजाल मध्यबिन्दु नगरपालिकाका अध्यक्ष मोतिलाल सिग्देलले बताउनु भयो । यो सिकाइलाइ आफुले फरक अनुभुतीले बुझेको र सबै वैदेशिक रोजगारमा गएका र जान चाहेकाहरुलाइ यस्तो खाले तालीम आवश्यक रहेको कुरा मध्यबिन्दु नगरसन्जालका सल्लाहकार एवं नवलपुर सेवा समाज युएईका संस्थापक अध्यक्ष भिम हमालले बताउनुभएको थियो । कार्यक्रमको उद्देश्य सहभगिलाइ जिज्ञासाको  रुपमा रहेको जिज्ञासा मेटाउने र भविष्यमा कसरी जान सकिन्छ भनेर गोरेटो कोर्ने रहेको र सो उद्देश्य पुर्ती भएको र सहभागीहरु समेत कार्यक्रममा सामेल भएर खुसी रहेकोले आयोजक यो कार्यक्रम बाट संतोषजनक रहेको कुरा कार्यक्रम संचालक एवं सामी नवलपुरमा कार्यरत प्रकाश गिरिले बताउनुभयो ।


Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर नक्कली भुटानी शरणार्थी काण्ड

    Sigmo khabar सिग्मो खबर नेपाली अनलाइन खबर  नक्कली भुटानी शरणार्थी काण्ड: खुल्दै छ नया नया तथ्य दुई वर्ष अघि अमेरिका उड्ने प्रलोभनमा ५ लाख रुपैयाँ बुझाएकी दाङकी लक्ष्मी रेग्मी (नाम परिवर्तन) लाई रकम बुझाएको तीन महिना पछि चितवन जान भनियो। चितवन पछि सिधै अमेरिकाको बाटो तय हुने लोभ उनलाई देखाईएको थियो।   अमेरिका जानका लागि भन्दै एक आफन्त मार्फत ‘दलाल’ को सम्पर्कमा पुगेकी उनले पहिलो पटक २०७७ चैत २३ मा काठमाडौँमा पुगेर ५ लाख रुपैयाँ बुझाएकी थिईन्। त्यो बेला उनलाई एउटा फारम भर्न भन्दै दाङबाट काठमाडौँ बोलाईएको थियो।   अमेरिका उड्ने भन्दै फाराम भराईएपछि लक्ष्मीलाई भनियो ‘अब तपाईको अमेरिका यात्राको प्रकृया सुरु भयो।’ तर उनलाई नक्कली भुटानी शरणार्थी बनाएर आफूलाई अमेरिका लैजान खोजिएको भन्ने बारेमा भने पत्तो दिइएको थिएन। अमेरिकाको स्थायी नागरिकको परिचय बोकेका तुलसीपुरका गजेन्द्र बुढाथोकीले उनलाई सहजै अमेरिका पुर्याउने मात्रै भनेका थिए। ‘अमेरिकाको ग्रिन कार्ड होल्डर मान्छेले अमरिका लैजाने भनेपछि सजिलै पुगिन्छ होला भनेर जाने निर्णय लिएँ,’ लक्ष्मीले भनिन् ‘तर हामीहरुलाई उनी...

नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

राजनीति अर्थ संसार लाइफ स्टाइल विचार/ब्लग बेस्ट प्लस टु विज्ञान प्रविधि सिनेजगत खेलकुद आम निर्वाचन २०७९ सफलताकाे कथा विक्ली ब्लो अप अन्य रंगीन संसार निगरानी न्युज समाज प्रवास शिक्षा स्थानीय तह निर्वाचन-२०७९ ब्लग केन्द्रबिन्दु संबाद पत्रपत्रिका अन्य भिडियो स्वास्थ्य विश्व पर्यटन कला संस्कृति / सम्पदा बेस्ट कलेज साहित्य सम्पादकीय खोज नेपालकै २० उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु राष्ट्रिय परीक्षा बोर्डले एसईईको परिणाम सार्वजनिक गरेसँगै विद्यार्थीको अब अर्को प्राज्ञिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि ह...