Skip to main content

Sigmo Khabar

आप्रवासी कामदार संजालको क्षमता अभिबृद्धी तालिम सप्पन्न ।

 आप्रवासी कामदार संजाल नवलपुरका ५ पालिका स्तरीय पदाधिकारीहरुको क्षमता अभिबृद्धी तालिम सप्पन्न ।



२०८० जेठ २१ र २२ गते आप्रवासी कामदार  सञ्जाल नवलपु द्वारा   गठन गरिएको  संजालका पदाधिकारीहरुको   क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखिकरण तालिम प्रदान गरिएको  छ । जसमा आप्रवासी कामदार संजाल नवलपुरको विनय त्रिवेणी, कावासाेती,देवचुली ,गैडाकाेट र मध्यविन्दुका  पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

के थियो त तालिमको उद्देश्य ?



यो कार्यक्रम सुरक्षीत आप्रवासन(सामी) र आप्रवासी कामदार संजाल नवलपुरको संयुक्त आयोजनामा भएको थियो । आप्रबाशमा रहेका कामदरहरुले प्रदेशमा भोग्नुपरेका कठिनाइ आइ पर्ने समस्या र नेपालमा नै बिचौलिया  मार्फतको हुने  ठगिका बारेमा बृहत अन्तरक्रिया भएको यश कार्यक्रमका संयोजक रितुराम सोतिले बताउनुभयो । कार्यक्रम संजालका जिल्ला अध्यक्ष युवलाल तिवारिको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा हेल्भाटास नेपाल अधिकृत रोजनिल सिं हुनुहुन्थ्यो । सिंले वैदेशिक रोजगारको शिलशिलामा भोग्नु पर्ने कठिनाइ र अपनाउनु पर्ने सुरक्षाको बारेमा बृहत तालिम दिनु भएको थियो । जिल्ला अध्यक्ष तिवारीले यश संस्था मार्फत अहिलेसम्म भएका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।

 कार्यक्रम उपलब्धि मुलक भएको र यहाँको सिकाइ आफ्नो कार्यकालमा आफ्नो पालिकामा लागू गरेर जाने कुरा आप्रवासी कामदार संजाल मध्यबिन्दु नगरपालिकाका अध्यक्ष मोतिलाल सिग्देलले बताउनु भयो । यो सिकाइलाइ आफुले फरक अनुभुतीले बुझेको र सबै वैदेशिक रोजगारमा गएका र जान चाहेकाहरुलाइ यस्तो खाले तालीम आवश्यक रहेको कुरा मध्यबिन्दु नगरसन्जालका सल्लाहकार एवं नवलपुर सेवा समाज युएईका संस्थापक अध्यक्ष भिम हमालले बताउनुभएको थियो । कार्यक्रमको उद्देश्य सहभगिलाइ जिज्ञासाको  रुपमा रहेको जिज्ञासा मेटाउने र भविष्यमा कसरी जान सकिन्छ भनेर गोरेटो कोर्ने रहेको र सो उद्देश्य पुर्ती भएको र सहभागीहरु समेत कार्यक्रममा सामेल भएर खुसी रहेकोले आयोजक यो कार्यक्रम बाट संतोषजनक रहेको कुरा कार्यक्रम संचालक एवं सामी नवलपुरमा कार्यरत प्रकाश गिरिले बताउनुभयो ।


Comments

Popular posts from this blog

Nepal vs Canada Cricket Match

                                Nepal vs Canada Cricket  Live Match Today New update Nepal : 63/0 (9 over) Bhurtel: 26(32) Aasif: 19(22) Extras: 18

के छ माग महाबिर पुन को जान्नुहोस

के छ माग महाबिर पुन को जान्नुहोस! महाबिर पुनले आविष्कार केन्द्रको बिषय उठान गरि आन्दोलनमा होमिएका छ्न ।आफ्नै लागनी र केही चन्दादाताहरुको सहयोगमा सन्चालनमा रहेको आविष्कार केन्द्रलाइ राज्य सन्यन्त्रले सहयोग नगरेको र समन्वयकारी भुमिका सम्म पनि निभाउन नसकेको भन्दै अन्सन शुरु गरेका पुन लाई विभिन्न अभियान्ता , राजनितिक दलका नेता एवं ब्याक्तीले भेटेर एक्यवद्धता जनाइरहेका छन । यसै क्रममा रास्वपाका सभापति एवं नवनिर्वाचित सम्सद रबि लामिछाने सहितको टिमले महाबिर पुनलाइ भेटी एक्यवद्धता जाहेर गरेका छन । सो भेटमा लामिछानेले पुनको यो माग आफुहरुले बृस्तित अध्ययन गरेर सम्बोधन गर्न पहल कदमी लिने समेत बताएका छन ।पुनको माग जायज भएको तथा रज्यले खेल्नु पर्ने भुमिकामा राज्य चुकिरहेको भन्दै विभिन्न  सामाजिक अभियान्ता एवं दलका नेताजरुले एक्यवद्धता जनाइरहेका हुन । पुनका मागहरू यश प्रकारका छन: १.  "अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर  ।  २. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ । ३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार ग...
  जागरूकता प्रवर्द्धन: एक सचेत र दयालु समाज निर्माण"